मुला र दही सँगै खाँदा के हुन्छ ? यसका फाइदा र सावधानीहरू

मुलाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । जाडोमा मुला खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र धेरै रोगमा पनि फाइदा हुन्छ । मुलामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर यसको गलत सेवन पनि उत्तिकै हानिकारक हुन्छ । मुला र दही सँगै खानेलाई मानिसहरुले भिन्न भिन्न धारणा व्यक्त गर्छन् ।

वास्तवमा, दही र मुला दुवैमा शीतल प्रभाव हुन्छ, त्यसैले धेरै मानिसहरू यो सँगै सेवन गर्नबाट जोगिन्छन् । दही स्वास्थ्यका लागि पनि फाइदाजनक छ र धेरै पोषक तत्वहरूले भरिपूर्ण छ । मुला र दही सँगै खान सकिन्छ र भनेर मानिसले प्रश्नसमेत सोध्न सक्छन् । यसबारे जानकारी लिऔँ ।

मुला र दही सँगै खाँदा के हुन्छ ? मुला र दही सँगै खाँदा स्वास्थ्यमा कुनै हानी हुँदैन । तर यसलाई सही तरिकाले सेवन गर्नुपर्छ । मुलामा प्रोटिन, भिटामिन, क्याल्सियम, आइरन, भिटामिन पाइन्छ । यसमा म्याग्नेसियम र क्लोरिन आदि पर्याप्त मात्रामा पाइन्छ । यस्तै दही क्याल्सियम, प्रोटिन, भिटामिन बी सिक्स र भिटामिन बी १२ जस्ता पोषक तत्वको भण्डार हो । दही र मुला एकै साथ खाँदा धेरै नै फाइदा हुन्छ । यसको सेवन पाचन प्रणालीका लागि निकै फाइदाजनक मानिन्छ । मानिसहरू दही र मुलाको राइता पनि खान्छन् । यसको सेवनले पेटसम्बन्धी समस्या निको हुन्छ ।

मुला र दही सँगै खाँदा हुने फाइदाहरु: १. मुला र दही सँगसँगै सेवन गर्दा रुघाखोकी र फ्लु जस्ता समस्यामा धेरै फाइदा हुन्छ । २. मुलामा भिटामिन सी हुन्छ र यसलाई दहीसँग सेवन गर्नाले तपाईंको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ३. यसको सेवनले मुटुसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ । ४. मधुमेह रोगीले मुला र दही खाँदा फाइदा हुन्छ ।

५. मुला र दही एकसाथ सेवन गर्नाले पाचन प्रणाली निकै बलियो हुन्छ । दही र मुलालाई मिसाएर राईताको रुपमा पनि खान सकिन्छ । सन्तुलित मात्रामा सेवन गर्दा यसले धेरै नै फाइदा दिन्छ । धेरै दही र मुला खाँदा पनि स्वास्थ्यमा हानी हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *