यस्ता रोगहरुबाट पिडित हुनुहुन्छ भने खाली पेटमा पिउनुहोस् ज्वानो पानी, मिल्नेछन् यस्ता नसोचेका फाइदा

ज्वानोको बीउमा यस्ता लाभदायक तत्वहरू छन्, जसको बारेमा सायद तपाईं अझै अनजान हुनुहुन्छ। ज्वानो पाचनका लागि लाभदायक हुनुका साथै यसका अन्य धेरै अद्भुत लाभहरू पनि छन्। तातो पानी र नुनको साथ ज्वानो खाँदा अपचबाट छुटकारा पाउन सकिन्छ। यो चोसो, रुघा-खोकी जस्ता समस्याबाट छुटकारा पाउनको लागि अचुक औषधि हो। यसमा प्रचुर मात्रामा एन्टिअक्सीडेन्ट र एन्टी-इन्फ्लेमेटरी तत्त्वहरू हुन्छन् जसले छातीमा जमेको कफलाई कम मात्र गर्दैन तर चिसो र साइनसमा पनि राहत प्रदान गर्छ।जवानोको पानी पिउँदा पनि स्वास्थ्यमा थुप्रै फाइदाहरू हुन्छन्, विशेषगरी यदि तपाईंले बिहान खाली पेटमा ज्वानो पानी पिउनु भयो भने।

वजन कम गर्न मद्दतगार: ज्वानो वजन घटाउन पनि धेरै मद्दतागार हुन्छ। यसको पानी पिउँदा शरीरको मेटाबोलिज्म बढ्छ, जसले फ्याट कम गर्छ। राति सुत्नु अघि एक गिलास पानीमा ज्वानो भिजाएर राख्दिनुहोस्। बिहान यसमा मह घुलेर र खाली पेटमा पिउँनुहोस्। ज्वानोलाई पानीमा उमालेर पनि पिउन सक्नुहुन्छ।

ग्यासको समस्या दूर: ज्वानो पानी पिउँदा ग्यासको समस्या निको हुन्छ। यदि तपाईंलाई ग्याँसको समस्या छ भने, तब यो पानी तपाईंको लागि अचुक औषधि हो। महिनावारीको दुखाई कम गर्न :धेरै महिलाहरुलाई महिनावारीको समयमा कम्मर र तल्लो पेटमा ग-म्भीर दुखाइ हुन्छ। यस्तो अवस्थामा मनतातो पानीसँग ज्वानो खाँदा महिनावारीको पीडामा राहत मिल्छ। रगत प्रवाह बढी भएमा यसको प्रयोग गर्नु हुँदैन।

हड्डी सम्बन्धि दुखाई: यसले हड्डी दुखाई संबन्धि समस्यामा पनि राहत प्रदान गर्छ। आधा कप ज्वानोको रसमा अदुवा मिलाएर खाँदा हड्डी दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ। चिसो-खोकीबाट राहत :यदि तपाईंलाई खोकीले सताइरहेको छ भने, तब ज्वानो पानीले धेरै फाइदा पुर्याउन सक्छ। यसको लागि एक गिलास पानीमा ज्वानो मिसाउनुहोस् र यसलाई उमाल्नुहोस्। अब यसमा मरिच मिलाएर पानी सेवन गर्नुहोस्। यसो गर्नाले चिसो तथा खोकीबाट राहत मिल्छ।

यसरी तयार गर्नुहोस् ज्वानो पानी: राति सुत्नु अघि एक गिलास पानीमा जवानी भिजाएर राख्दिनुहोस् । त्यसपछि, बिहान उठेर त्यो पानी उमाल्नुहोस् र फिल्टर गर्नुहोस् । बिहान खाली पेटमा यो पानी पिउनुहोस् । यसले तपाईंको पाचन प्रणाली मजबूत बनाउँछ र कब्जियत जस्तो समस्याबाट छुटकारा दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *