बढ्यो डलर र दिनारको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

आज अमेरिकी डलरको भाउ बढेको छ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४४ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन डलर एकको खरिददर १३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको भाउ पनि बढेको छ। अघिल्लो दिन युरो एकको खरिददर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसामा कारोबार भएकोमा आज युरो एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४१ पैसा तोकिएको छ।

आज क्यानेडियन डलर एकको खरिदमा ९९ रुपैयाँ ११ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५६ पैसा तोकिएको छ। त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रुपैयाँ ९२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ३१ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ०१ पैसा र बिक्रीमा २९ रुपैयाँ १५ पैसा पाइन्छ।

आज कुवेती दिनारको मूल्य पनि बढेको छ। अघिल्लो दिन कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ०७ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ०२ पैसामा कारोबार भएकोमा आज कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ५२ पैसा र बिक्रीमा ४३० रुपैयाँ ४८ पैसा तोकिएको छ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३० पैसा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *