एक मुक्काले पुर्याउने भयाे आयुषलाई १० वर्ष जेल, हेर्नुस के के हुदै छ सजाय

विराटनगर,  साउन १३ ।  गलत दिशाबाट आएकाे भनी एक्कासी कारबाट उत्रेर साइकल यात्री मजदूरमाथि निर्घात कुटपिट गर्ने विराटनगरका आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवाना गर्न माग गर्दै प्रहरीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

पक्राउ परेका भेटवाललाई प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान गरेको थियो । मोरङ प्रहरीले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयले ज्यान मार्ने उद्योगमा आइतबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १८३ ९१० अन्तर्गत ज्यान मार्ने उद्योग कसूर गरेको देखिएकोले दफा १८३ ९२० बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवनाको माग दाबी लिई राय सहितको प्रतिवेदन बुझाइएको प्रहरीको भनाइ छ ।

असार २० गते राति साढे ८ बजेतिर बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटवालले साइकलयात्री साहलाई मुक्का प्रहार गरेका थिए । मुक्का प्रहारबाट बेहोस भई ढलेका साहलाई भेटवालले घिसारेर बाटाे छेउमा ल्याई फरार भएका थिए ।  भेटवालले मुक्का हानेको  सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  बेहोस भएका साहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल र्पुयाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *